Logo
Logo

फाष्टट्रयाकमा भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सेनाको फाष्टट्रयाक आयोजनाका प्रमुख जर्नेल योगेन्द्रप्रताप खाँडले अरबौं रुपैयाँको ठेक्कामा ठूलो भ्रष्टाचार गरेका छन् । उनले फाष्टट्रयाकको निर्माणदेखि परामर्शदाता छनोट गर्दा ४० प्रतिशतसम्म कमिसन लिने गरेको आरोप छ् । सेनाले प्रमुख सेनानी कर्णेल केशवराज कार्कीलाई ४९ लाख भ्रष्टाचार गरेको आरोपमा ३ महिना जेल संजाय तोकी जागिरबाट बर्खास्त गरेको छ । तर फाष्टट्रयाक आयोजनामा व्यापक भ्रष्टाचार गर्ने जर्नेल खाँडलाई उल्टै करारमा आयोजना प्रमुख बनाउने खेल सुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने पं्रतिबद्धता जनाए पनि फाष्टट्रयाक आयोजनाको चरम भ्रष्टाचारमा उनको ध्यान पुग्न नसकेको सेनाका अधिकारी बताउँछन् ।

विगतमा नरेश बस्नेतले जस्तै जर्नेल खाँडले सेनापतिभन्दा माथि करोडौं रुपैयाँ हिस्सा बुझाएका कारण उनका बारेमा छानबिन हुन नसकेको सैनिक स्रोत बताउँछ । स्रोतका अनुसार फाष्टट्रयाक आयोजनाका प्रमुख जर्नेल खाँडले परामर्शदाता छनोट गर्दा इआरएमसीसँग अग्रिम ४० प्रतिशत लिनेगरी नेपाली सेनाको फाष्टट्रयाकको १ अर्ब ९० करोडको ठेक्का दिन लागेका छन् । इआरएमसीले विदेशी कम्पनीबाट टेण्डर हाली सम्झौता गर्दा आफ्नो नाममा गरी ठेक्का लिन खोजेको छ । सिक्टा सिंचाई आयोजनाको सुपरभिजन नगरी भ्रष्टाचार गरेको आरोपमा इआरएमसीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७५ मंसिर २१ मा मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा दायर गरेको इआरएमसीसँग ४० प्रतिशत लिनेगरी खाँडले परामर्शको ठेक्का दिन लागेका हुन् । परामर्शको १ अर्ब ९० करोडको प्याकेजमा ४० प्रतिशत माग्ने खाँडले निर्माणका ठेक्कामा कति भ्रष्टाचार गरे होलान् ? यो प्रश्न सेनाभित्रै उठेको छ ।

फाष्टट्रयाक आयोजनामा भ्रष्टाचार गरेको धन खर्च गरी उनी अवकाशपछि पनि करारमा आर्थिकदेखि सबै अधिकार लिएर आयोजना प्रमुख हुने दौडमा लागेका छन् । मन्त्रिपरिषदबाटै निर्णय गरी विगतमा नरेश बस्नेतले सेनाको विकास निर्माण हेर्नेगरी करारमा नियुक्त भएको नजीरलाई आधार बनाएर उनी फाष्टट्रयाक आयोजनाको प्रमुख हुने दाउमा छन् । नरेश बस्नेतले जस्तै उनले मन्त्रिपरिषदबाटै करारमा नियुक्ति लिन सबै हत्कण्डा प्रयोग गरिरहेका छन् । जर्नेल खाँड आगामी असार १५ मा अवकाश हुँदैछन् । अवकाश हुनु १५ दिनअघि बिदा बस्ने प्रचलन अनुसार उनी जेठ २८ मा बिदा बस्नुपर्ने हुन्छ । तर फाष्टट्रयाकको अरबौं बजेटमा करोडौं भ्रष्टाचार गर्नका लागि उनी करारमा नियुक्त हुन शक्तिकेन्द्रमा धाइरहेका छन् । जर्नेल खाँड बालकृष्ण खाँड रक्षामन्त्री हुँदा ठूलो रकम घुस बुझाएर आयोजना प्रमुख भएका थिए । ३ बर्षको बीचमा आयोजना प्रमुखका रुपमा उनले करोडौं करोड भ्रष्टाचार गरी ललितपुरको टीकाथलीदेखि विभिन्न ठाउँमा २ सय रोपनी भन्दा बढी जग्गा श्रीमती सरिता शाह र ससुरालीका नाममा किनेको सैनिक स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्