Logo

नेपाली संगीतमा ‘रिल’सँगै हराएको ‘फिल’


एमपी सुब्बा


एमपी सुब्बा

स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु कति कालजयी छन् । ‘रिल’मा उनिएका मर्मस्पर्शी ती गीतहरु सुन्दा अझै उनी बाँचिरहेझैँं लाग्छ । र, उनी नारायण गोपाल भए । त्यस्तै, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, नातीकाजी, अम्बर गुरुङ, प्रेमध्वज प्रधानजस्ता संगीत हस्तीका सिर्जनाहरु अझै श्रोताको ओठबाट मुखरित भइरहेकै छ । दुई पाटे ‘रिल’मा उनिएका ती स्रष्टाका गीतहरुमा ‘फिल’ हुन्छ अर्थात मनोभाव । तर, अहिलेका गीतहरु खल्लो र निरश लाग्छ । गीत सुनेर आनन्द लिने कान उल्टै थाक्छ ।

हो, ‘रिलवाला’ अडियो त मिथक जस्तै बन्यो नै, सिडीको कथासमेत समाप्त भइसकेको अवस्था छ । यो पनि एक दिन मिथकजस्तै लाग्ला । तर, चिन्ताको विषय यहाँ अर्कै छ । यहाँ अडियो सिडी र क्यासेटमात्र मिथक नभएर गीतका स्रष्टासमेत चिनिन छाडेका छन् । बजारमा ‘भाइरल’ भनिएको गीत कसले गाएका हुन् ? भन्ने प्रश्नमा अहिलेका श्रोताले सही जवाफ दिन सक्दैनन् । बरु गीतको भिडियोमा नाच्ने कलाकार उनीहरुको आँखामा बसेको हुन्छ । यसको कारण अहिलेका गीतले मन छुन नसकेर पनि हो ।

जब अडियो सिडीको अतिक्रमणसँगै ‘रिलवाला’ विस्थापित हुँदै गयो, तब गीतमा पनि ‘फिल’ हराउँदै गयो । अहिलेका गीतमा न ‘रिल’ छ, न त ‘फिल’ नै । केवल चर्चाका लागि गाइन्छ यहाँ गीत । यस्तो फिलचाहिँ नेपाली संगीतमा हुन थालेको छ अहिले ।

‘रिलवाला’ अडियो क्यासेटको प्रशंग कोटेयाउँदा ‘मिथक’ सम्झिन्छन् संगीत क्षेत्रकै कलाकारहरु । ‘दुई लाख प्रतिसम्म अडियो क्यासेट बिक्री भएको’ स्मरण गराउँदा ‘कथा भनेजस्तो’ उनीहरुलाई लाग्छ । तर, यो अझै कम हो । एकै स्रष्टाको १० प्रति अडियो बिक्री भएको उदाहरण पनि छ यही नेपाली संगीत क्षेत्रमा । स्वरसम्राट नारायण गोपाल, फत्तेमानहरुको मात्र होइन, दोस्रो पुस्ताका भनिएर चिनिएका राजेशपायल राई, रामकृष्ण ढकाल, अञ्जु पन्तहरुका नै एक समय लाखौँ प्रति अडियो बिक्री हुन्थे । तर, अहिले ‘फ्रि’मा अडियो सिडी वितरण गर्दा समेत घरमा बोकेर लानलाई आनाकानी गर्छन् । बिक्री हुने त कुरै नगरौँ ।

पचास र साठीको दशकबीचमा चम्किएकी गायिका सिन्धु मल्ल, गायक तुलसी पराजुली अनि सांगीति समूह, ‘कन्दरा’, ‘नेपथ्या’, ‘मंगोलियन हर्ट’, ‘द एक्स’, ‘कबवेभ’हरुका पनि लाखौँ प्रति रिलवाला अडियो क्यासेट बिक्री हुन्थे । हुन त अहिले पनि यी कलाकारहरु सांगीतिक क्षेत्रमै सक्रिय छन् ।

हालै एक कार्यक्रममा चर्चित लोक ब्याण्ड ‘मंगोलियन हर्ट’का गायक राजु लामाले आफ्नो सांगीतिक करिअर र विगतलाई स्मरण गर्दा आफैँ भावुक बनेका थिए । उनी भावुक बन्नुमा यो थियो कि, ‘त्यो बेला आफ्ना लाखाँै प्रति अडियो क्यासेट किनेर सुनिदिने श्रोताहरु अहिले कहाँ गए ?’ उनले ‘रिलवाला’ क्यासेटको स्मरण गर्दा त्यो दिन उनैलाई इतिहास जस्तो लाग्यो ।

अहिले पनि ‘मंगोलियन हर्ट’ र यसका गायक राजु लामा श्रोता तथा दर्शकमाझ उत्ति नै लोकप्रिय छन् । तर, त्यो लोकप्रियताको कथा तिनै विस्थापित भइसकेको ‘रिल’मा उनिएको थियो । त्यो खोजेर अहिले श्रोताले पाउँदैन । यदि कतै खोजिएर पाइहाले तिनै स्रष्टाकै दराजमा मात्र भेटिन्छ रिलवाला अडियो । त्यसैले पनि अहिलेसम्म एक समय चर्चामा आएका कलाकारले ‘स्टेज पर्फमेन्स’मा स्थान पाइरहेका छन् । ‘रिल’ चुँढिएका गीतहरु उनीहरुले स्टेजमार्फत श्रोता तथा दर्शकलाई सुनाउँदै आएका छन् । तर, यो इतिहास बन्न सक्दैन किनकि, साठीको दशकअघिका चर्चित गीतहरु समेत डिजिटल लाइब्रेरीमा पाउन मुश्किल छ । रिलमा भएका कतिपय गीत सँगै चँुढिएर गए ।

यहाँ रिलवाला अडियोमात्र कथा मिथक बनेको अवस्था छैन । साठीको दशकमा भित्रिएको अडियो सिडी पनि पूर्ण विस्थापितको अवस्थामा पुगेको छ । अडियो बिक्री हुन छाडेपछि सिडी पसलहरु पूर्ण रुपमै बन्द भइसकेका छन् भने आडियो सिडी सप्लायर्स गर्ने कम्पनीहरु यु–ट्युब च्यानल चलाउन थालेका छन् ।

नेपालकै अग्रज म्युजिक कम्पनी मानिएको म्युजिक नेपाल ‘यु–ट्युब’कै भरमा पुगेको छ । म्युजिक नेपालसँग एउटै कलाकारको ५ लाखभन्दा बढी प्रति अडियो क्यासेट बिक्री गरेको अनुभव छ । तर, पछिल्लो पाँच वर्षयता उसले अडियो उत्पादन नै ठप्प बनाएको छ ।

अडियो प्रतिको हिसाब खाता यु–ट्युब भ्युअर्सतिर गएपछि गीतहरु समेत फिल बिनाको बन्न थालेका छन् । ‘राम्रो होस् वा जस्तोसुकै बनोस्’ स्रष्टाहरु पनि भ्युअर्स तान्नतिर लागेका छन् । पहिले–पहिले अडियो बिकाउन गीत स्तरिय र ममस्पर्शी हुुनु पर्दथ्यो । त्यसैले पहिलेका कलाकारले मिहिनेत पनि गर्थे । अहिलेका चर्चित गायका राजेशपायल राईकै कुरा गर्दा पनि यो स्पष्ट हुन्छ । राजेशपायलले आफ्नो ‘दर्शक नमस्ते’को चौथो सिरिज हालै सार्वजनिक गरेका थिए । तर, ‘दर्शन नमस्ते–४’ पहिलो सिरिज जस्तो छैन ।

पहिलोपटक ‘दर्शन नमस्ते’ निकाल्दा उनले मिहिनेत गरेका थिए किनकि, त्यो समय अडियो बिक्री हुन्थ्यो । तर, चौथो सिरिजसम्म आइपुग्दा उनको गायनमा फिलिङ हराएको छ । सायद त्यो उनको बाध्यता पनि हुनसक्छ । यु–ट्युबमा दर्शक केन्द्रित भएर गीत तयार गर्दा संगीतका रियल पारखीहरु भने दुखी भएका छन् । दरबारमार्गस्थित एक भव्य रेष्टुरेण्टमा ‘दर्शन नमस्ते–४’ सार्वजनिक गरिरहँदा उनले भनेका थिए, ‘यो एल्बम युवा दर्शकका लागि हो ।’ तर, गीतका रियल श्रोता जो छन्, तिनले राजेशपायललाई उल्टै गाली गरेका छन् ।

हो, ‘रिलवाला’ अडियो त मिथक जस्तै बन्यो नै, सिडीको कथासमेत समाप्त भइसकेको अवस्था छ । यो पनि एक दिन मिथकजस्तै लाग्ला । तर, चिन्ताको विषय यहाँ अर्कै छ । यहाँ अडियो सिडी र क्यासेटमात्र मिथक नभएर गीतका स्रष्टासमेत चिनिन छाडेका छन् । बजारमा ‘भाइरल’ भनिएको गीत कसले गाएका हुन् ? भन्ने प्रश्नमा अहिलेका श्रोताले सही जवाफ दिन सक्दैनन् । बरु गीतको भिडियोमा नाच्ने कलाकार उनीहरुको आँखामा बसेको हुन्छ । यसको कारण अहिलेका गीतले मन छुन नसकेर पनि हो ।

प्रविधिको विकास हुनु नराम्रो होइन । तर, प्रविधिलाई दुरुपयोग ग¥यो भने आफैलाई नोक्सान पु¥याउँछ भने जस्तै अहिले यु–ट्युबको विकासलाई नेपाली संगीतकर्मी विशेषगरी नयाँ पुस्ताले क्षणिक फाइदाका रुपमा लिइरहेका छन् । जसले नेपाली संगीतमा मिठास पाइन छाडिएको छ भने अर्कोतिर विकृति बढिरहेको छ । अहिलेको जमानामा त्यो बेलाको रिलवाला अडियो क्यासेट नै हुनुपर्छ भन्न खोजिएको चाहिँ होइन ।

यु–ट्युबको दुनियाँमा पनि अडियोमा जस्तै मिहिनेत गरेर गीतसंगीत सिर्जना ग¥यो भने त्यो झनै कालजयी बन्न सक्छ किनकि, पहिलेको जस्तो अहिले आफ्नो संगीत सिर्जनालाई दराजको लाइब्रेरीमा राख्न आवश्यक छैन । इन्टरनेट र कम्युटरको प्रविधिले डिजिटल लाइब्रेरीको विकास गरिदिएको छ । त्यसैले सम्बन्धीत क्षेत्रमा कलाकार, सष्टा र अभियानकर्ताले एकपटक वर्तमान नेपाली संगीतबारे सोच्ने पो हो कि ?

प्रतिक्रिया दिनुहोस्