Logo
Logo

अस्लिल भिडियो बनाएर सालीलाई हैरान बनाउने प्रहरी नायब निरीक्षक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १५ जेठ ।

‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती गर्‍यो। एक पटकको दुर्वयवहार आँसु पिएर सहेकै थिएँ’, बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिँदै भनिन्।

‘फेरि पनि यौन सम्बन्धका लागि बोलायो। मैले ठाडै इन्कार गरेँ। तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म उसले जहाँ भन्छ त्यहीँ जान थालें। अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु’, उनले भनिन्।

साविक सर्लाही जिल्ला घर भई रौतहट जिल्लाको गौर नगरपालिका ३ मा स्थायी बसोवास गर्ने यादवले १८ वर्षीया किशोरीलाई एक वर्ष अघिदेखि जर्बजस्ती गर्दै आएका हुन्। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।

घटनामा संलग्न भनिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत नेपाल प्रहरीका सई रामविनोद राय यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ ७ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।

जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए। सहयोगको दबाबमा परेर शारीरिक सम्पर्क राखेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्