Logo
Logo

लोकसेवा आयोगले खुलायो स्थानीय तहका विभिन्न पदहरुमा भर्ना (सूचनासहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १५ जेठ ।
काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक–प्राविधि तर्फका पदहरुमा भर्ना खुला गरेको छ ।

आयोगले खुला तथा समावेशी प्रतियोगितामार्फत कर्मचारी नियुक्ति गर्ने गरी भर्ना खुला गरेको हो ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था तथा मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयअनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिस अनुसार कर्मचारी माग सम्बन्धी सचना निकालेको आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी स्थानीय तहबाट सङ्कलन गरेपछि आयोगले विज्ञापन गर्न थालेको हो ।

सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । दरबन्दीअनुसार गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये निजामती कर्मचारीबाट ३१ हजार ७१०, साविक स्थानीय तहबाट १० हजार ५४०, तत्कालीन जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ कर्मचारी समायोजन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्