Logo
Logo

भारतमा अर्थमन्त्री परिवर्तन हुने


- दृष्टि न्युज/संवाददाता


भारतमा भाजपाले संसदिय चुनावमा वहुमत प्राप्त गरेपछि नयाँ सरकार वन्ने प्रकृया शुरु भएको छ ।

वुधवार जेठ १६ गते नयाँ सरकारको सपथ ग्रहण समारोह हुँदैछ । प्रधानमन्त्री मोदीको दोश्रो कार्यकालको अर्थमन्त्रीमा हालका अर्थमन्त्री अरुण जेटली नदोहोरिने भएको छ ।

पहिलो कार्यकालका अर्थमन्त्री अरुण जेटलीले मोदीलाइ एक पत्र लेखेर स्वास्थ्यको कारणले अर्को मन्त्रीमण्डलमा आफुलाई सामेल नगराइयोस भनेर अनुरोध गरेका छन् ।

अरुण जेटलीको केही समय अगाडि किड्नी प्रत्यारोपण गरिएको थियो ।

भारतीय समाचार माध्यमहरुले नयाँ अर्थमन्त्रीमा हालका भाजपा अध्यक्ष अमीत साह हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्