Logo
Logo

नेकपा सरकारको दोश्रो वजेट—लोकप्रीयतावादी कार्यक्रम पेश हुँदै


- दृष्टि न्युज/संवाददाता


जेठ १५ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७६—७७ को वजेट संसदको संयुक्त वैठकमा पेश गर्ने क्रम शुरु भएको छ ।


शिक्षा क्षेत्रमा विद्यालय जान नसकेकालाइ खुल्ला विद्यालयको अवधारणा ल्याइएको छ ।

प्राथमिका शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा निशुल्क गर्ने भनिएको छ ।

७० जिल्ला पूर्ण साक्षर वनाउने घोषणा गरिएको छ ।

४३ जिल्लामा दिवा खाजा विद्यार्थीका अामा मार्फत दिइने ।

२२ लाख २९ हजार वालवालिका लाभान्वित हुने ।

सेनेटरी प्याड सबै विद्यार्थीलाइ दिइने ।

मदन भण्डारी विश्व विद्यालय स्थापना हुने ।

१ खर्ब ६३ अर्ब शिक्षा विज्ञान प्रविधिकाे लागि छुट्याइएकाे छ ।

सबै नेपालीकाे स्वास्थ विमा हुने ।

स्वास्थ स्वयम् सेविकाहरूलाइ वर्षकाे ३ हजार यातायात खर्च दिइने छ ।

स्वास्थ्यमा ६८ अर्ब विनियाेजन ।

मेलम्ची अर्काे वर्ष अाउने ।

बृद्ध भत्ता ३ हजार पुगेकाे छ ।

युवा परिचालन वर्षकाे घाेषणा ।

युवा वैज्ञानिक सम्मेलनकाे अायाेजना गरिने ।

अागामी वर्ष दुध, माछा,मासु र ताजा तरकारीमा देशलाइ अात्मनिर्भर वनाइने ।

प्रत्येक प्रदेशमा एक जडिवुटि प्रशाेधन केन्द्र ।

अतिक्रमित सरकारी जमीन अागामी अार्थिक वर्ष सरकारी स्वामीत्वमा ल्याइनेछ ।

भूमी वैंककाे स्थापना ।

सहकारी एकिकरणलाइ प्राेत्साहन गरिने ।

हिमालय हरित पदमार्ग वनाइने ।

दुइ दर्जन वस्तुमा अात्मनिर्भर वनाइने ।

कपडा उद्याेगलाइ ५ प्रतिशत व्याज अनुदान र विद्युत शुल्कमा ५० प्रतिशत छुट ।

नवलपरासीकाे फलाम खानी शुरू गरिने ।

सुर्खेतमा वहुमुल्य पत्थर प्रशेाधन कारखाना खाेलिने ।

निकासी गृहकाे स्थापना ।

चीनकाे वन्दरगाह मार्फत अन्तराष्ट्रिय व्यापार शुरू गरिने ।

सबै प्रदेशमा दुइ ठुला जलविद्युत र साैर्य उर्जा विकास गर्ने ।

हरेक निर्वाचन क्षेत्रमा एक रणनैतिक सडक वनाइने ।

तीनकुने काेटेश्वर जडिवुटी सुरूंग मार्ग वनाइने ।

नयाँ वानेश्वरमा अण्डरपास वनाइने ।

त्रिपुरेश्वर माइतिघर फ्लाइअाेभर  वनाइने ।

बुटवल पाल्पा सिध्दवावा खण्डमा सुरूंग मार्ग ।

सडक मर्मतकाेलागि पेट्राेल डिजेलमा थप १ रूपैया शुल्क लिने ।

२ वर्ष भित्र काठमाण्डाैलाइ चीन र भारत जाेड्ने रेलवे निर्माण शुरू गरिने ।

सडक किनारालाइ माटाे रहित वनाउने ।

बहुतल्ले वस पार्क वनाइने ।

विध्युतीय वस संचालन गरिने ।

मेघा सिटी र स्मार्ट सिटी विकास गरिने ।

उपत्यकामा  सडक वनाउदा  अनिवार्य फुटपाथ काे व्यवस्था गरिने।

धरहरा २ वर्ष भित्र वनाइने ।

प्रत्येक स्थानिय तहका केन्द्रलाइ प्रदेश केन्द्र संग जाेडिने गरि कालेापत्रे सडक वनाइनेछ ।

सांसदलाइ ६ कराेड विकास खर्च दिइने ।

उपत्यका नजिक अान्तरिक विमानस्थल थप गरिने ।

क्रिकेट एकेडेमीकाे स्थापना ।

लाेककल्याणकारी विज्ञापन १५ प्रतिशत वृध्दि ।

छायांकनकाेलागि नेपाल कार्यक्रम । अत्याधुनिक स्टुडियाे निर्माण ।

कर्मचारी तलव बृध्दि । अधिकृत स्तरलाइ १८ प्रतिशत । त्याे भन्दा मुनिकालाइ २० प्रतिशत ।

१५ खर्ब ३२ अर्बकाे वजेट ।

प्रतिक्रिया दिनुहोस्