Logo
Logo

आफूविरुद्ध उजुरी परेपछि चौधरीले भने, ‘रोइलो गर्नुको कुनै अर्थ छैन’


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत १४औँ महाधिवेशनबाट निर्वाचित भएको बताएका छन् । चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् । त्यसबारे विज्ञप्ति जारी गर्दै चौधरीले आफू विधिसम्मत केन्द्रीय सदस्य भएको बताउँदै रोइलो गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको भन्दै उनले भनेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’

यादवको उजुरीबारे चौधरीले भनेका छन्, ‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएको छु । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्म साथ दिन म राजनीतिमा आएको हुँ ।’

यो पनि पढौं

प्रतिक्रिया दिनुहोस्