Logo
Logo

कर्मचारीको तलब २० प्रतिशत बढ्यो ( कस्को कती ? हेर्नुहोस् सूची )


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १६ जेठ ।

सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६ ७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन्।

बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढ्ने छ। तलब वृद्धि भएकोमा राष्ट्रसेवक कर्मचारीहरूले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । हरेक दुई–दुई वर्षमा तलब वृद्धि हुने कानुनी व्यवस्था भए पनि तीन वर्षपछि मात्रै तलब बढेको हो । यस अघि २०७३ मा २५ प्रतिशतले तलब बढेको थियो । त्यसपछि महँगी भत्ता मात्रै बढ्दै आएको थियो ।

बजेटमा राष्ट्रसेवकहरूमा कामप्रति तत्पर हुने, सेवाभावसहित समयमै काम सम्पन्ना गर्ने, उत्कृष्ट नतिजा दिने र जिम्मेवारी वहन गर्ने कार्यसंस्कृतिको विकास गरिने उल्लेख छ ।

नयाँ तलबमान अनुसार खरिदारको आधार तलबमा चार हजार ४३४ देखि मुख्य सचिवको तलबमा ९ हजार ९३६ रुपियाँसम्म बढेको छ । सङ्घीय सरकारका मुख्य सचिवले ६५ हजार १३६ रुपियाँ पाउने छन् ।

त्यसैगरी ५१ हजार खाने सचिवको तलब ६० हजार पुगेको छ भने ४० हजार रुपैयाँ खाने सहसचिवको तलब ४७ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी ३४ हजार तलब खाने उपसचिवको तलब ४० हजार रुपैयाँ पुगेको छ। शाखा अधिकृको तलब ३० हजारबाट करिब ३६ हजार रुपैयाँ पुगेको छ। नायब सुब्बा ९अतिरिक्त मान० को तलब भने ३० हजार आठ सय पुगेको छ। यसअघि २५ हजार ६ सय रुपैयाँ थियो।

नायब सुब्बाको तलब भने २३ हजारबाट २८ हजार रुपैयाँ पुगेको छ। खरिदार अतिरिक्त मान को तलब २२ हजार ९ सय ७० बाट २७ हजार ५ सय ६४ पुगेको छ। २२ हजार रुपैया खाने खरिदारको तलब २६ हजार ६ सय रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्