Logo
Logo

साढे दुई वर्षपछि सरकार परिर्वन गर्ने सहमती भएको हो तर गर्नै पर्छ भन्ने छैन्न् – प्रचण्ड (भिडियो सहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्ने सहमती भएको संकेत गरेका छन ।

उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्। प्राईम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डलेयस्तो ‘सहमति भएको खुलासा गरेका हुन ।

एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं। त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। योभन्दा बढी यसमा नसोध्दा ठीक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्