Logo
Logo

धादिङमा पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता



काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको बताए ।

उनका अनुसार उद्धारको लागि टोली परिचालन गरिएको छ । चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गरेको उनले बताए ।

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्