Logo
Logo

अध्यक्ष प्रचण्डको मुद्दामा आज सुनुवाइ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुद्दामा आज सुनुवाइ हुँदैछ ।

आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउनका लागि सर्वोच्च अदालतमा प्रचण्डले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको हो ।

माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो ।

सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

उक्त आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदन दिएका हुन् । सोहि रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्