Logo
Logo

आज बस्ने मन्त्रिपरिषद बैठक अनिश्चित



फाइल तस्वीर

काठमाडौं । आज बस्ने मन्त्रीपरिषद् बैठक अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो ।

मन्त्रीपरषद् बैठक गत सोमबार पनि बस्न सकेको थिएन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केही मन्त्रीहरूमा कोरोना संक्रमण र केही कन्ट्रयाक ट्रेसिङमा रहेकोले आज पनि मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आज आज (बिहीबार) पीसीआर गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्