Logo
Logo

निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक



काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ ।

संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको उनको भनाई छ ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा निर्वाचनको तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्