Logo
Logo

भारतमा दोस्रो कार्यकालका लागि मोदीले प्रधानमन्त्रीको सपथ लिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ जेठ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् ।

मोदीले २४ मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र) र २४ राज्यमन्त्री गरी ५७ सदस्सीय मन्त्रिमण्डल गठन गरेका छन् । मोदीसँग मिलेर भाजपालाई सफलता दिएका शाह मन्त्री हुने अनुमान थियो ।

तर, आश्चर्यजनक रुपमा पूर्वविदेशसचिव एस जयशंकर मन्त्री भएका छन् । उनलाई भावी विदेशमन्त्रीका रुपमा हेरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राजनाथ सिंघ, अमित अनिलचन्द्र शाह, नितिन जयराम गडकरी, डीभी सदानंद गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेन्द्र सिंह तोमर, रविशङ्कर प्रसाद, हरसिमरत कौर बादल, थावर चंद गहलोत र एस जयशंकरले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपालमा नाकाबन्दी हुँदाका विदेश सचिव एस जयशंकर पनि यस मन्त्रिमण्डलमा सम्मिलित छन्।

यसका साथै, संघकै क्याबिनेट मन्त्रीका लागि डा। रमेश पोखरियाल निशंक, अर्जुन मुंडा, स्मृति ईरानी, डा। हर्षवर्धन, प्रकाश केशव जावडेकर, पीयूष वेदप्रकाश गोयल, धर्मेन्द्र प्रधान, मुख्तार अब्बास नकवी, प्रह्लाद वेंकटेश जोशी, डा। महेंद्र नाथ पांडेय, अरविंद गणपत सावंत, गिरिराज सिंह, गजेन्द्र सिंह शेखावतले पद तथा गोपनीयताको शपथ लिएका छन्।

संघको राज्य मन्त्री ९स्वतन्त्र प्रभार०का रूपमा संतोष कुमार गंगवार, राव इंद्रजीत सिंह, श्रीपद नाइक, डा। जितेन्द्र सिंह, किरण रिजिजू, प्रह्लादसिंह पटेल, राजकुमार सिंह, हरदीप सिंह पुरी, मनसुख मांडविया, फग्गन सिंह कुलस्ते, अश्वनी कुमार चौबे, अर्जुन राम मेघवाल, जनरल विजय कुमार सिंह ९सेवानिवृत्त०, कृष्णपाल गुर्जर, रावसाहेब दानवे, गंगापरम कृष्ण रेडी, पुरुषोत्तम रुपाला, रामदास अठावले, साध्वी निरंजन ज्योति, बाबुल सुप्रियो, डा। संजीव बालियान, सन्जय धोत्रे, अनुराग ठाकुर, सुरेश अंगाडी, नित्यानन्द राय, रत्तन लाल कटारिया, वी मुरलीधरन, रेणुका सिंह सरुता, सोम प्रकाश, रामेश्वर तेली, प्रतापचन्द्र सारंगी, कैलाश चौधरी र देवोश्री चौधरी ले पनि आज शपथ लिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले सपथग्रहण गर्दै भने, “मैले भय वा पक्षपात, अनुराग वा द्वेषविना सबै व्यक्तिहरूप्रति संविधान र विधिअनुसार न्याय गर्नेछु।” मोदीको सपथ ग्रहण समारोहमा नेपाल सहित बाङ्गलादेश, श्रीलङ्का, भुटान, म्यानमारलगायतका सरकार प्रमुख र नेताहरू उपस्थित रहेका थिए।

तर मोदीले सन् २०१४ मा पहिलो पटक सत्तारोहण गर्दा निम्ता गरिएका पाकिस्तानका सरकार प्रमुख यसपटक निम्त्याइएका थिएनन्। समारोहमा बलिउड कलाकार, खेलाडी, उद्यमी र समाजका प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्