Logo
Logo

गौतमवुद्ध विमानस्थल विदेशीलाइ ठेक्कामा दिनु समाजवाद उन्मुखता हाेइन


- दृष्टि न्युज/संवाददाता


कम्युनिष्ट भनिएको सरकारले गौतमबुद्ध विमानस्थललाई ठेक्कामा चलाउन दिने निर्णय गरेको संचार माध्यमहरुले जनाएका छन् । यस्तो ठेक्का विदेशी कम्पनीलाइ दिने निर्णय भएको छ ।

विमानस्थल संचालन चुस्त होस र व्यावसायिक रुपमा संचालन होस् भनेर यो निर्णय गरिएको सरकारले जनाएको छ ।

लुम्विनी जस्तो विश्वको प्रमुख पर्यटन स्थलको विमानस्थल सरकारले संचालन नगरी विदेशी कम्पनीलाइ दिने निर्णय गरिनु वर्तमान सरकारको असक्षमताको अर्को उदाहरण वनेको छ । कांग्रेस सरकारले सरकारी उद्योगहरु नीजिकरण गरी नीजि क्षेत्रलाई जिम्मा दिएको थियो । अहिले ओली सरकारले कांग्रेस कै जस्तो दलाल पूँजीवादी नीति लिएको छ ।

यसभित्र ठुलो कमिशनको दाउ भन्दा वाहेक अरु देखिन्न । विमानस्थल जस्तो सम्वेदनशील विषय अरु देशका कम्पनीलाई ठेक्कामा चलाउन दिनु भनेको गम्भीर विषय हो ।

केन्द्र सरकार तथा प्रदेश सरकारहरु र स्थानिय सरकारहरुले पनि चुस्त र राम्रो तरिकाले सरकार चलाउन सकेका छैनन् भनेर यी मध्ये केही सरकार चलाउन पनि विदेशी कम्पनीलाई ठेक्कामा दिने हो कि भन्ने प्रश्न उठेको छ ।

पूँजीवादी देशहरूमा विमानस्थलहरू चलाउन ठेक्कामा दिने चलन रहेकाे छ । तर समाजवाद उम्मुख देश वनाउने भनि संविधानमै लेखिएकाे नेपालमा र कम्युनिष्ट पार्टीकाे वहुमत भएकाे समयमा गरिएकाे यस्ताे निर्णय सही छैन ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्