Logo
Logo

मधेस नामाकरणले पहिचान ‘रिकक्नाइज’ भयो : उपेन्द्र यादव



आज प्रदेश २ को नाम ‘मधेस’ राखियो । मधेस आन्दोलनको हिमायती शक्तिको नेतृत्वकर्ताको हैसियतमा तपाईंको प्रतिक्रिया के छ ?
पहिचाहन र सामथ्र्यको आधारमा प्रदेशको नाम मधेस बन्यो । र, मधेसी जनताले जुन बलिदान दिए, शहीदहरुको एउटा सपना मधेस प्रदेश थियो । त्यो सफल भएको छ । मधेस आन्दोलनले एउटा सम्मान पाएको छ ।

नाम मात्रैले कफी हुन्छ कि ? अरु पनि गर्नु छ ?
यो त शुरुवातको विन्दु हो । यसले पहिचानलाई ‘रिकक्नाइज’ गरेको छ । अब देशैभरिको विविध असमानता, उत्पीडन र शोषण, जातिय, वर्गीय, संस्कृतिक र समाजिक विभेदहरुलाई अन्त्य नगरि मधेस आन्दोलनको लक्ष पूरा हुँदैन । तर यसको एउटा कदम, एक पाइला आगाडि बढेको छ ।

मधेस विद्रोहका बाँकी मुद्दा कसरी र कहिले पूरा होला ?
मधेस आन्दोलनको बाँकी मुद्दा पूरा गर्न हामी संघर्षरत छौँ । यसको लागि मधेसी नेताहरुको मानसिकतामा परिवर्तन हुन आवश्यक छ । सानो–सानो कुराको लोप–लालचमा परेर पार्टी फुटाउने, विभाजित हुने मानसिकता अन्त्य हुनुपर्छ । मधेसी नेताहरुमा यस्तो प्रवृत्ति अन्त्य भएपछि बाँकी मुद्दा पनि सम्बोधन हुन्छ । हामी निरन्तर संघर्ष गरिरहेका छौं ।

मधेस पहिचानको आधारमा प्रदेशको नामाकरण भएको छ । यसले पहिचानवादी अन्दोलनहरुमा कस्तो प्रभाव पार्ला ?
यसको प्रभाव सबैतिर पर्नुपर्छ । पहिचाहन एउटा प्रतिनिधित्व हो । सबैलाई चाहिन्छ । पहिचाहन आदिवासी जनजातिलाई पनि चाहिएको छ । अन्य समुदायलाई पनि चाहिएको छ । अरु सबैको पहिचान स्थापित हुनुपर्छ । पहिचान प्राप्तीको बाटो ‘मधेस’ नामारणले खोलिदिएको छ ।

विगतमा पहिचानको आन्दोलन हुँदा धेरै विरोध भएको थियो । मधेस नामाकरण पहिचान विरोधी शक्तिलाई कस्तो जवाफ हो ?
पहिचानको विरोध किन गर्ने ? आफ्नो विरोध आफैले गर्ने यो कस्तो विडम्बना ! पशुको पनि पहिचान हुन्छ । मान्छेको, समुदयको, जातिको, राष्ट्रहरुको चाहिँ किन पहिचान नहुने ? सबैको आ–आफ्नो पहिचान हुन्छ, त्यसको विरोधको कुनै अर्थ नै छैन । यो जवाफभन्दा पनि पाठ हो । सबैको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने शिक्षा हो । विगतमा पहिचानको विरोध गर्नेहरुले पनि अब पुर्नविचार गर्ने समय भएको छ ।

यो सफलताको दिन मधेस विद्रोहमा जीवन अपर्ण गर्ने शहीदहरुलाई कसरी सम्झनुहुन्छ ?
मधेस विद्रोहका सम्पूर्ण शहीद र घाइते अपाङ्गहरुलाई सम्झन्छु । जसले ‘जय मधेस’ भन्दै बलिदान दिए, सिंगो मधेको जय भएको छ । सिंगो नेपालीको जय भएको छ । हिमाल, पहाड, तराई बस्ने सबैको सम्मान भएको छ ।

प्रतिक्रिया दिनुहोस्