Logo
Logo

सत्ता गठबन्धनको बैठक बस्दै, के चुनावको मिति घोषणा होला ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि उनले बैठक बोलाएका हुन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बोलाएको बुझएको छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ। निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले, पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।

वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि सत्तारुढ गठबन्धन दल छलफलमा जुट्न लागेका हुन् । हिजोको छलफलमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड वैशाखमै चुनाव गर्न सहमत भएको नेताहरुले बताएका छन् । पापालिकाका पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ जेठमा सकिने निर्वाचन आयोगको व्याख्या छ ।

प्रतिक्रिया दिनुहोस्