Logo
Logo

चीनद्वारा १५० नेपाली कामदार फिर्ता, नेपालीबाट सीमा पास खोसियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १८ जेठ ।

चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका –२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा रहेका थिए । यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली कामदारको पास खोेसेको छ ।

सीमा पास खोसिएकामध्ये शुक्रबार १५० जना नेपाल फिर्ता भएका छन् । बाँकी एक–दुई दिनमै आउने भएका छन् । कामकै सिलसिलामा हुम्लाका सातवटै गाउँपालिकाबाट दुई हजारभन्दा बढी नेपाली नागरिक चीनको ताक्लाकोट पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्