Logo
Logo

विप्लव समूहका नेता तथा पूर्व मन्त्री राई नेकपा प्रवेश गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १९ जेठ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईले पार्टी परित्याग गरेका छन् । उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने भएका हुन् ।

राईलाई आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष अध्यक्ष ओली र प्रचण्डले पार्टी प्रवेश गराउने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

राई पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए । जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा उनी सहभागी भएका थिए ।

उनी सत्तारुढ निकपाका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए । यहीबीचमा उनले एक सञ्चार माध्यममा सरकारसँग वार्ता जारी रहेको र त्यो सकारात्मक ढंगले अघि बढेको प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टी नीतिविपरीत बोलिएको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्