Logo
Logo

विप्लव माओवादीका नेता पदम राई नेकपामा प्रवेश, विप्लव पनि एकदिन यही ठाउँमा आएर जोडिनुपर्छ –प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेता पूर्व मन्त्री , संविधानसभाका सदस्य समेत रहेका पदम राई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , सचिवालय सदस्य राम बहादुर थापा, महासचिव विष्णु पौडेलले पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राईलाई पार्टी प्रवेश गराएका हुन ।

पार्टी प्रवेशपछि राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएको, तर पछिल्लो समय पार्टीको गतिविधिले मन नछोएको बताए ।
राईलाई पार्टी नीतिविपरित अभिव्यक्ति दिएको भन्दै विप्लवले केही समयअघि निलम्बन गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् । विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ । तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधान सभामा भोजपुरबाट निर्वाचित भएका राई प्रचण्ड नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्