Logo
Logo

अनलाइन पत्रकार संघमा पुनः सत्याल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अनलाइन पत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनः चयन भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न संघको १० औँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो ।

संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन भएका छन् । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुराडटकमका गोविन्द अधिकारी चुनिएका छन् ।

यस्तै सदस्यहरुमा सेतोपाटी डटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चण्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्