Logo
Logo

विराटनगर र धरानमा एनआईसी एशिया बैंकको शाखा विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा दुई नयाँ शाखा विस्तार गरेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित रानी मिल्स एरिया शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरे भने धरान उपमहानगरपालिका वडा नं १८ स्थित बुद्धचोक शाखाको उद्घाटन बैंकका सञ्चालक विनोदकुमार प्याकुरेलले गरे ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

एनआईसीका ग्राहकलाई किष्ट हस्पिटलमा छुट
त्यसैगरी एनआईसी एशिया बैंकका ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सबै ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्राप्त गर्ने बैंकद्वारा जारी विज्ञप्तिा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्