Logo
Logo

अछामको साफेबगर र कञ्चनपुरको पुनर्वासमा प्रभु बैंकको नयाँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंकले अछामको साफेबगर नगरपालिका–३ मा नयाँ शाखा विस्तार गरेको छ । साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका छन् ।

त्यसैगरी कञ्चनपुरको पुनर्वास नपा–३ मा नयाँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । पुनर्वास नपाका नगरप्रमुख जीवनराज थापाले शाखाको उद्घाटन गर्दै प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको उनले बताए ।

यस शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पुनर्वास शाखासहित प्रभु बैंकको शाखा संख्या १७९ पुगेको छ । यसबाहेक बैंकका १४५ एटीएम र २३ एक्सटेन्सन काउन्टर संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्