Logo
Logo

ओली र दाहालबीच जिम्मेवारी बाँडफाँट र मन्त्री हेरफेरका विषयमा छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौ , जेठ २० ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

पार्टी एककताका बेला भएको सहमतिलाई लिएर आरोप प्रत्यारोपछि दुई अध्यक्ष ओली र प्रचण्डबीच आइतवार दुई पटक वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच आइतवार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको थियो।

दाहालले आलोपालो प्रधानमन्त्रीको विषय उठाएपछि दुवै नेताको सम्बन्ध चिसिएको धेरैले अड्कल काटिरहरेका छन्। दुवै नेता छुट्टै बस्नु अघि नेकपाका महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासहितको बैठक तीन घण्टा चलेको थियो।

पार्टीको भागबण्डा, सचिवालय बैठक कसरी टुंगाउने र सरकारमा रहेका मन्त्रीहरु हेरफेरको बिषयमा पनी छलफल भएको बुझिएको छ । रित्त रहेको पर्यटन मन्त्रालयलाई पूर्णता दिने र केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्न बिषयमा छफल भए पनी नेताहरु ठोस निष्र्कषमा नपुगेको वालुवाटार स्रोतले बताएको छ ।

दुई नेताको भेटमा पार्टी एकताको टुंगो, पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल भएको छ। प्रचण्डले पुरानो विषयलाई लिएर आफूले बोले पनि सञ्चारमाध्यमले नयाँझैँ प्रस्तुत गरेपछि समस्या भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्