Logo
Logo

अमेरिकाले मोदीलाई सानो व्यापार युद्धको उपहार दियो


- दृष्टि न्युज/संवाददाता


मोदीले प्रधानमन्त्रीको दोश्रो पटक सपथ ग्रहण गरेको दोश्रो दिन अमेरिकाले सानो व्यापार युद्धको उपहार दिएको छ । भारतलाई अमेरिकाले दिंदै आएको व्यापारिक सुविधा कर्टाैटी गरेको छ । भारतले विकासशील राष्ट्रको रुपमा अमेरिकावाट पाउँदै आएको सुविधा हटाएको छ ।

भारतका करीव २ हजार वस्तुहरु अमेरिका निकासी गर्दा भंसार छुटको सुविधा पाइरहेको थियो । यस अन्तरगत सन् २०१७ को एक वर्षमा मात्रै ५.७ अर्ब अमेरिकी डलर वरावरको भारतीय सामान अमेरिकामा भंसार छुट सहित निर्यात भएको थियो । अब यो छुट नपाउने भएको छ । यसवाट अमेरिका निकासी हुँदै आएका अटो पार्ट्स, कृषि उपज, औषधी जस्ता वस्तुहरुका भारतीय निकासीकर्ता र उत्पादकहरुलाइ घाटा पर्नेछ ।

अमेरिकी सामानहरु भारत निकासी गर्दा भारतले वढी भंसार लिएको अमेरिकी राष्ट्रपतिले गुनासो गरेका थिए ।

President Donald Trump speaks from the Oval Office of the White House as he gives a prime-time address about border security Tuesday, Jan. 8, 2018, in Washington. (Carlos Barria/Pool Photo via AP)

भारतले यस घटनालाई दुर्भाग्यपूर्ण भनेको छ । एक अमेरिकी व्यापारीका संस्थाले भारतलेपनि अमेरिकी सामानमा थप भंसार लगाउने हो कि भन्ने आशंका गरेका छन् ।

अमेरिका र चीनका विच ठुलो व्यापार युद्ध चलिरहेको छ । एकले अर्को देशको सामानमा भंसार वढाएका छन् ।

अमेरिका र भारतका विचपनि त्यस्तै ठुलो व्यापार युद्ध तत्काल नभएपनि यस्ता घटनाले आपसी व्यापार प्रभावित हुने देखिन्छ ।

पूँजीवादी अवस्थाले गर्दा पूँजीपतिहरु र देशहरुका विचमा आफ्नो पूँजी र नाफाको रक्षाकोलागि अस्वस्थ प्रतिस्पर्धा भइरहने गर्दछ । यसले अरबौं रकम नष्ट भैरहेको हुन्छ । उत्पादनको क्षमता भएरपनि पूँजीवादी उद्योगहरुले पूर्ण क्षमतामा वस्तु उत्पादन गर्न सकिरहेका हुँदैनन् । अर्कोतिर जनतामा सामानहरुको अभाव भइरहेको हुन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्