Logo
Logo

नेकपा सचिवालय बैठक आज बस्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौ , जेठ २१ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई आज मंगलवार बस्ने भएको छ । गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको बैठ आज बस्न लागेको हो ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे हिजो र अस्ति छलफल भए पछि सचिवालय बैठक बोलाईएको हो।

आजको सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने बुझिएको छ ।

पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन र विभागहरु गठन गर्ने बाँकी रहेको छ नेकपाको विधान अनुसार ३२ वटा विभाग गठन र जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने लगाउर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्