Logo
Logo

विकास बजेटबाट सांसदलाई ल्यापटप, एउटालाई एक लाख


- दृष्टि न्युज/संवाददाता


काठमाडौ , जेठ २१ ।
सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद सचिवालयले खरिद प्रक्रिया अघि बढाएको छ।

सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३३४ थान ल्यापटप खरिद गर्न प्रक्रिया सुरु गरेको हो। खरिदका लागि आइतबार बोलपत्र आह्वान गरिएको समाचार आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

आर्थिक वर्षको अनित्ममा आइपुग्दा विकास लागि छुट्याइएको बजेट खर्च नभएपछ सांसदलार्य ल्यापटप खरिद गर्न रकमान्तर वरिएको हो। संघीय संसदअन्तर्गन प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ जनालाई एक लाख रुपैयाँका दरले ल्यापटप खरिद गर्ने तयारी भएको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्