Logo
Logo

मोदीको मन छुने कुरा


शम्भु श्रेष्ठ


शम्भु श्रेष्ठ

हामीकहाँ संघीय सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका लागि प्रतिसांसद १० करोड रुपैयाँ बजेट मागिरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित आफ्ना सांसदहरुलाई सम्बोधन गर्दै ‘तपाईंँहरु एउटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएको भए पनि तपाईंहरु भनेको सिंगो देशको सांसद हो । त्यसैले आफ्नो निर्वाचन क्षेत्रको मात्र चिन्ता नलिनुस्, सिंगो भारतको चिन्ता लिनुस् । आफूलाई क्षेत्र र समुदायमा मात्र सीमित नगरी राष्ट्रिय सोचबाट अगाडि बढ्न’ सुझाव दिए ।

शम्भु श्रेष्ठ

सिंहदरबारको अधिकार गाउँ गाउँ पु¥याउने भनियो । तर, मानसिकता सिंहदरबारभित्रै घुमिरह्यो । यस्तो गलत परम्परालाई निरन्तरता दिन थालियो भने, भ्रष्टाचारले हरेक सांसद बद्नाम हुन्छन् । त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । लोकतन्त्रलाई बलियो बनाउने हो भने, सांसदलाई दिएको ६ करोड स्थानीय तहको बजेटमा समायोजन गरिनुपर्छ ।

यता नेपालमा ठूलो राजनीतिक परिवर्तन भयो र गणतन्त्र स्थापना भयो । तर, हाम्रा नेता, सांसदरुको मानसिकता विगत दश वर्षमा परिवर्तन हुन सकेन । मुलुकले संघीयताको अभ्यास गरिरहँदा संघीय सांसदहरुको मानसिकता आफ्नो निर्वाचन क्षेत्रको घेराभन्दा बाहिर जान सकेन । जीवनभर सांसद भइरहने लोभमा उनीहरुले राज्यबाट वार्षिक १० करोड रुपैयाँ मागे । राज्यले प्रतिसांसद ६ करोड विनियोजन ग¥यो । सिंहदरबारको अधिकार गाउँ गाउँ पु¥याउने भनियो । तर, मानसिकता सिंहदरबारभित्रै घुमिरह्यो । यस्तो गलत परम्परालाई निरन्तरता दिन थालियो भने, भ्रष्टाचारले हरेक सांसद बद्नाम हुन्छन् । त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । लोकतन्त्रलाई बलियो बनाउने हो भने, सांसदलाई दिएको ६ करोड स्थानीय तहको बजेटमा समायोजन गरिनुपर्छ । त्यो बजेट स्थानीय तहको प्राथमिकता हेरेर खर्च गरिनुपर्छ । लोकतन्त्र भनेको पद्धति हो । त्यो पद्धतिको विकास गर्न सांसदहरुले आफ्नो चरित्र, व्यवहार, संस्कार र चिन्तन बदल्नु पर्छ ।

प्रधानमन्त्री मोदीले गत शनिबार बेलुकी नयाँदिल्लीमा नवनिर्वाचित सांसदहरुलाई आफू मर्यादामा रहन के गर्नुपर्छ भनेर भनिरहँदा उनले अर्को महत्वपूर्ण कुरा पनि भने । मोदीको भनाइ थियो– ‘सांसद भए भन्दैमा घमण्ड नगर्नु । अहंकार र घमण्डले आफूनिकट इमान्दार कार्यकर्तालाई टाढा पु¥याउन सक्छ । त्यसैले आफू सफल राजनेता हुने हो भने आफूभित्रको ‘कार्यकर्ता’लाई जीवित राख्न सक्नुपर्छ । घमण्ड पाल्न थालियो भने आफू एउटा घेरामा बस्ने बानी पर्दै जान्छ । त्यो स्वार्थी समूहले आफूलाई थाहा नै नपाई पतनको डिलमा पु¥याइसकेको हुन्छ । मान, सम्मानको लोभमा पर्दा आफू पंगु बनिने हुन्छ । मान सम्मान गर्ने व्यक्तिले राजनीतिक नेताहरुलाई यसरी फसाउँछन्, जहाँबाट हामी उम्कनै सक्दैनौं ।’

नेपाल र भारत छिमेकी हुन् । यहाँ पनि लोकतन्त्र, उता पनि लोकतन्त्र । यता र उताका नेता, सांसदको चरित्र, संस्कार मिल्दोजुल्दो पनि छ । मोदीले त्यहाँका सांसदलाई भनेका यी कतिपय कुरा हाम्रा नेता र सांसदमा पनि लागू हुन्छ । यही नेपालमा पनि विपी कोइराला प्रधानमन्त्री भएपछि उनले आफ्ना कार्यकर्तालाई भनेका थिए– अहिले हामी सत्तामा छौँ । सरकार सञ्चालनको अभ्यासमा छौँ । सत्तामा भएपछि चिल्ला गाडी, टाइसुट, व्रिफकेश बोक्नेहरु हामीकहाँ धाउछन् । त्यस्ता व्यक्तिसँग टाढा रहनु पर्छ । विपीले ०१५ सालमा भनेका यी कुरा अहिले हाम्रो राजनीतिक जीवनको दिनचर्या बनेको छ । तस्कर, माफिया, बिचौलिया, जग्गा दलालबाट सत्ता र प्रतिपक्ष नेताहरु घेरिएका छन् । निर्वाचन खर्चदेखि विदेशमा औषधि उपचारसम्मका खर्च त्यस्ता दलालले गर्दै आएका छन् । जुन लाजको मर्दाे कुरा हो । यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले भनेका छन्– ‘त्यस्ता (दलाल) हरुसँग एक पटक परिचय भएर नजिक आएपछि त्यस्ता पात्रहरुलाई चाहेर पनि टाढा राख्न सकिन्न । दिल्लीमा त्यस्तो अवस्था छ जसले एकसे एकलाई बर्बाद पार्छ ।

यसबाट बच्न सकिएन भने आफू मात्र होइन, देशै बर्बाद हुन्छ ।’ मोदीले भनेझै स्वार्थी तत्वको झुण्ड दिल्लीमा मात्र होइन, काठमाडौँमा पनि कमी छैन । सरकार जसको बनोस्, तिनै अुनहार बिहान, बेलुकी बालुवाटारमा झुल्किरहेको हुन्छ । देशको ठेक्कापट्टादेखि व्यापारमा उनीहरुकै हालीमुहाली चलिरहेको हुन्छ । यो नेपालको पनि यथार्थ चित्रण हो । मोदीले भनेझै हाम्रा नेताहरुले पनि आफ्नो संस्कार बदल्न सकेनन् भने तिनीहरुबाट इमान्दार कार्यकर्ता निराश र हतास बन्दै जान्छ । त्यसैले मोदीले भनेको आफूभित्रको ‘कार्यकर्ता’ हाम्रा नेताहरुले पनि जोगाउन सकेनन् भने पदले मात्र राजनीति जोगिँदैन । पद भनेको आज आउँछ, भोलि जान्छ । तर, राजनीति भनेको यस्तो कुरा हो जसलाई हाम्रो आचरण, व्यवहार र संस्कारले जोगाउन सकेन भने देशकै अस्तित्व समाप्त हुन्छ । विश्व राजनीतिमा नेताहरुको घमण्ड, महत्वकांक्षा र पदलोलुपताले कति देश बर्बाद भएका छन् । कति देश द्वन्द्वमा जाकिएका छन् । यस्तो स्थितिबाट जोगिन मोदीले भनेझै आफूभित्रको घमण्ड त्याग्न सकिएन र इमान्दार कार्यकर्ता जोगाउन सकिएन भने देश बर्बादीको बाटोतर्फ जान्छ भन्ने सन्देश नै मोदीको मत छुने कुरा हो ।

प्रतिक्रिया दिनुहोस्