Logo
Logo

दिल्लीमा महिलालाइ निशुल्क सार्वजनिक यातायात, पाकिस्तानमा ८ करोड गरिव जनतालाइ निशुल्क स्वास्थ्य उपचार


- दृष्टि न्युज/संवाददाता


दिल्ली सरकारका मुख्यमन्त्री अरवीन्द केजरीवालले दिल्लीको सार्वजनिक यातायातमा महिलाहरुलाइ निशुल्क गरिएको घोषणा गरेका छन् । दिल्ली क्षेत्रलाई भारतमा प्रदेश सरकार सरहको मान्यता छ ।

दिल्लीमा चल्ने सार्वजनिक वस तथा मेट्रो रेलमा महिलाहरुलाइ निशुल्क गर्दा लाग्ने सबै खर्च दिल्ली सरकारले व्यहोर्ने भएको छ ।

दिल्लीका सार्वजनिक यातायातहरु सबैमा सिसिटिभि क्यामरा जडान गरिनेछ ।

आगामी वर्ष दिल्ली विधानसभाको चुनाव हुँदैछ । यसको तयारी स्वरुप यो घोषणा आएको वताइएकोछ ।

जे भएपनि यस्ता कार्यक्रमहरुले जनतालाई केही राहत दिएको छ ।

उता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले केही समय अगाडि गरिवहरुकालागि निशुल्क स्वास्थ्य उपचारको घोषणा गरेका थिए ।

यसवाट पाकिस्तानका ८ करोड गरिव जनता लाभान्वित हुने वताइएको छ । सरकारले सेहत इन्साफ कार्ड वितरण गर्ने र यसै मार्फत उपचार हुने योजना सरकारले वनाएको छ । यो कार्ड भएकालाई प्रत्येक वर्ष ७ लाख २० हजार पाकिस्तानी रुपैया वरावरको उपचार गर्न सुविधा दिइनेछ ।

यो कार्ड भएकालाई अस्पताल जान प्रत्येक पटक १ हजार गाडि भाडा समेत दिने भएको छ । दुर्घटनामा कोही मृत्यु भएमा सो कार्ड भएको परिवारले मृत्यु संस्कारको लागि १० हजार सरकारले दिनेछ ।

यी विषयहरुमा केजरीवाल र इमरान खान जस्ता गैर कम्युनिष्टहरु भन्दा नेपालका कम्युनिष्ट सरकार पछि परेकोछ । उनीहरुवाट सिक्दापनि राम्रै हुने थियो ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्