Logo
Logo

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
सत्तारुढ नेकपाको सचिवालय बालुवाटारमा जारी छ । शीर्ष नेताहरुबीच जिम्मेवारी बाँडफाँटमा कुरा नमिलेपछि यसअघि पटक(पटक स्थगित बैठक मंगलबार अपराह्नदेखि सुरु भएको हो ।

आजको बैठकमा पार्टीका जिल्ला इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको बालुवटार स्रोतले जनाएको छ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्