Logo
Logo

नेकपामा एकता प्रक्रियालाई पूर्णता दिन उच्चस्तरमा छलफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन उच्चस्तरमा छलफल शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल शुरु भएको छ ।

कार्य विभाजनबारे सचिवालय सहमति नजिक पुगेको र बुधबार बस्ने सचिवालय बैठकले टुङ्गोे लगाउने बताइएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल भए पनि टुङ्गो नलागेको र बुधबार पुनः बसेर त्यसलाई टुङ्गो लगाउने सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्