Logo
Logo

प्राइम कमर्सियलले कन्काई विकास बैंक प्राप्ति गर्ने सहमति


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । महानगरपालिका–२८ कमलपोखरीस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले दमक–६, थानारोड, झापास्थित केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको वित्तीय संस्था कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी सहमतिपत्रमा आज एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले एक समारोहबीच सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषय मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले कन्काई विकास बैंक लिमिटेडलाई एक्विजिसन गर्न सहमति जनाइएको छ ।

कन्काई विकास बैंक लिमिटेडका ग्रामीण क्षेत्रमा शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ ।

राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्गनिर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्