Logo
Logo

एकैसाथ प्रभु बैंकका दुई शाखा विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौँको बल्खु र दाङको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बल्खु शाखा र लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले लमही शाखाको उद्घाटन गरेका छन् ।

यससँगै प्रभु बैंकको शाखा संख्या १८२ पुगेको छ । यसबाहेक बैंकले १४६ एटिएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्