Logo
Logo

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी: २ को मृत्यु ५० भन्दा बढी घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २४ जेठ ।

बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो।

त्यस्तै टिकापुरका लाहानु चौधरीको पनि हावाहुरीका कारण मृत्यु भएको छ। पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल खसालेपछि त्यसले थिचेर उनको मृत्यु भएको बताइएको छ।

घाइतेमध्ये धेरैजसोको अहिले सेती अञ्चल अस्पताल, पद्मा अस्पताल अत्तरिया, निसर्ग अस्पताल हसनपुरलगायतमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्