Logo
Logo

तलब र पेन्सन दुवै बुझ्छन् , संवैधानिक निकायका पदाधिकारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २४ जेठ ।
संवैधानिक निकायका पदाधिकारीहरुले तलबसँगै पेन्सनसमेत बुझ्ने गरेको नयाँ तथ्य खोतल्दै मुख्य समाचार छापेको छ ।

ओली नेतृत्वको मन्त्रिपरिषद्ले ८ माघ ०७२ मा लाभको पदमा बस्नेले दोहारो सुविधा लिनु गैरकानूनी हुने निर्णय गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरे र महालेखापरीक्षक टंकमणि शर्मालगायतले यस्तो सुविधा लिइरहेको समाचारका उल्लेख गरिएको छ ।

यसैगरी, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, नरेन्द्रकुमार दाहाल, वित्त आयोग अध्यक्ष बालानन्द पौडेल, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, लोकसेवा सदस्य वृन्दा हाडा, श्रीपुरुष ढकाल र अशोककुमार झाले दोहोरो सुविधा लिइरहेको तथ्य पत्रिकाले बाहिर ल्याएको छ ।

यसका साथै कानून आयोगका अध्यक्ष माधव पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रदेश ५ का प्रमुख उमाकान्त झा, समावेशी आयोग अध्यक्ष शान्तराज सुवेदी, सूचना आयोगका अध्यक्ष कृष्णहरि बाँस्कोटा र निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले पनि दोहोरो सुविधा लिएको नपाइएको आजको नयाँ पत्रिका दैनिकमा समाचारमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्