Logo
Logo

नेकपा मोरङको पहिलो बैठकबाटै नेतृत्व परिवर्तन ढकाल र अछामी विदा, अध्यक्ष पोखरेल र सचिवमा उप्रेती


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, २३ जेठ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटीको नेतृत्व परिवर्तन भएको छ ।

बिनोद ढकाल र गोपी अछामी

पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार केन्द्रीय सदस्यद्वय बिनोद ढकाल र गोपी अछामीले मोरङ जिल्ला कमिटीको अध्यक्ष र सचिव पद रहेका थिए । देश भरीको जिल्ला कमिटी निर्माणको मापदण्डअनुसार जिल्लाको अध्यक्ष र सचिव रहेका ढकाल र अछामीले हिजो विहिवार पद तथा गोपनियताको शपथसँगै नेतृत्व हस्तान्तरण गरेका हुन ।

ढकाल र अछामीले आफूहरु दोहोरो जिम्मेवारीमा नरहने घोषणासहित पहिलो बैठकमा नै नेतृत्व हस्तान्तरणको प्रस्ताव राखी निर्णय गराएका थिए।
आफुहरु पार्टीको केन्द्रीय सदस्य रहेको र दोहोरो जिम्मेवारीमा नरहने भन्दै ढकालले अध्यक्षमा पूर्वसांसद ऋषिकेश पोखरेल र सचिवमा गणेश उप्रेतीको नाम प्रस्ताव गरेका थियो ।

अध्यक्ष पोखरेल र सचिव उप्रेती

ढकालले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको गरेसंगै नेकपा मोरङको १ सय ८५ सदस्यीय जिल्ला कमिटी घोषणा भएको हो । जिल्ला कमिटीको सो निर्णय प्रदेशमार्फत केन्द्रीय कमिटीमा सिफारिश गर्ने निर्णय भएको ढकालले जानकारी दिएका छन् ।

बिहीबार बसेको जिल्ला कमिटीको पूर्ण बैठक समक्ष ढकाल र अछामीले पद छाड्ने प्रस्ताव गरेको र सर्वसम्मत निर्णय गरेको अछामीको भनाइ छ ।

कमिटीले जिल्लाको अध्यक्षका ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेती चयन गरेको अछामीको भनाइ छ । ऋषिकेशलाई यसअघि कार्यदलले अध्यक्ष प्रस्ताव गरेको थियो भने उप्रेती साविक माओवादी केन्द्रको जिल्ला कमिटीका सहसंयोजक थिए ।

प्रतिक्रिया दिनुहोस्