Logo
Logo

असन इन्द्रचोक देखि दिल्लीको करोलवाग सम्म


- दृष्टि न्युज/संवाददाता


दिल्लीको करोलवाग अति भीड हुने ठाउँ हो । तर त्यहाँ अहिले यातायातका साधन निषेध गरेर पैदल यात्रुलाई राम्रो सुविधा दिइएको छ । क्रेता र विक्रेता दुबैलाई सुविधा भएको छ । कार रिक्सा अटो रिक्सा वाइक सबैलाई निषेध गरिएकोले सबैलाई सुविधा भएको छ । व्यस्त भइकनपनि व्यवस्थित र सहज भएको छ । दिल्ली सरकार र स्थानिय नगरपालिकाले यस्तो सहज वनाइदिएकोले सबै खुशी छन् ।

कराेलवाग दिल्ली

असन इन्द्रचोक न्युरोड वरपरका व्यस्त वजारहरु भने उस्तै छन् । पैदलयात्रुहरुको भीड संगै वाइक र अन्य यातायातका साधनहरुको भीडभाडले यी ठाँउहरु असहज वनिरहेको छ । असनमा चारपांगे्र साधन दिउँसो निषेध गरिएपनि वाइकहरु निषेध नगरिनाले पैदलयात्रुलाई असहज वनिरहेको छ । न्युरोड इन्द्रचोक वरिपरि चारपांग्रे साधनहरुपनि चल्न दिइएको छ । पैदल यात्रुलाई साँघुरा सडक पेटीले धान्न छोडेको छ ।

असन वजार

यी ठाउँहरुलाई पैदलयात्रु मैत्री नवनाइ नहुने स्थिति आइसकेको छ । तर कम्युनिष्ट केन्द्र सरकार र स्थानिय सरकार मौन धारण गरेर वसेको छ । यस्ता केन्द्रिय वजारहरु व्यवस्थित गर्नु सरकारको कर्तव्य हो । तर सरकार छ भन्ने अनुभूति ती ठाँउहरुमा हुँदैन ।

दिल्लीको गैर कम्युनिष्ट सरकारले गर्न सकेको काम कम्युनिष्ट नाम धारी सरकारले गर्न नसक्नु विडम्वना हो । गैर कम्युनिष्ट सरकारले गरेका कामहरुवाट यहाँका सरकारले सिक्दा केही घाटा हँुदैन ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्