Logo
Logo

काठमाडौँको मुलपानीमा सनराइज बैंकको शाखा विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । शाखा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको सनराइज बैंकले काठमाडौँको मुलपानीमा नयाँ शाखा संचालनमा ल्याएको छ । एक औपचारिक कार्यक्रमका बीच कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

यससँगै सनराइज बैंकको शाखा संख्या १०७ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३३ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए।टि।एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्