Logo
Logo

अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतार राजदूत सिफारिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २५ जेठ ।

सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रीपरिषदको विहिवार बसेको वैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा.वंशिधर मिश्रलाई राजदूतमा सिफारिश गरेको हो ।

सिफारिस भएका दाहाल, मिश्र र भारद्वाज नेकपा निकट मानिन्छन् भने शेर्पा केही महिनाअघि पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएका आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

प्रतिक्रिया दिनुहोस्