Logo
Logo

लाेक सेवामा एकै दिन १५ हजारको आवेदन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २६ जेठ ।

लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको ११औं दिन मात्रै झण्डै १५ हजारले आवेदन दर्ता गराएका छन्। शनिबारसम्ममा झण्डै ६५ हजारको हाराहारीमा आवेदन परेको आयोगको तथ्यांक छ।

शुक्रबारको तथ्यांकअनुसार झण्ड ५० हजारको संख्यामा अनलाइन आवेदन परेको थियो। आवेदकको संख्या एकै दिनमा १५ हजारले थपिएको छ। लोक सेवा आयोगको शनिबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १६ हजार ४ सय ९, प्रदेश २ मा १० हजार ४ सय ५१ र प्रदेश ३ मा ८ हजार ७ सय ९५ आवेदन परेको छ।

यसैगरी, प्रदेश ४ मा ५ हजार ७ सय ७४, प्रदेश ५ मा १० हजार १ सय १९, प्रदेश ६ मा ३ हजार ८ सय ३५ र प्रदेश ७ मा ७ हजार ४ सय ८५ जना गरी कुल ६२ हजार ८ सय ६८ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ। आवेदकहरूले राजनीतिक दल तथा सभासदहरूले चर्को मात्र बोल्ने तर व्यवहारमा काम नगर्ने एवं आवश्यकताअनुसार आफैँले निर्णय गरेको संविधानलाई समेत गलत व्याख्या गर्ने गर्दा कैयौँको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्