Logo
Logo

आज उपत्यकामा सार्वजनिक विदा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २६ जेठ ।

सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले विज्ञप्ति निकालेर आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा हुने जानकारी गराएको हो।

सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ। मछिन्द्रनाथको भोटो अवलोकन गर्न राष्ट्रपति जाने चलन छ।

प्रतिक्रिया दिनुहोस्