Logo
Logo

प्रहरीले घेरा हालेर कास्कीबाट विप्लव माओवादीका १८ कार्यकर्ता पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , २६ जेठ ।
नेत्रविक्रम चन्द (विप्लव) समूहका कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश) सहित १८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

क्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन्। उनीहरूले कास्की, अन्नपूर्ण गाउँपालिका ११ बाट उनीहरूलाई पक्राउ गरेको हो। सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो।

नेकपाका कार्यकर्तालाई दिउँसो देखि नै घेरा बन्दी गरेको बताउने कास्की प्रहरीले साँझ ६ बजेतिर मात्रै १८ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख कार्कीले बताए। पक्राउ गर्नुअघि शनिबार दिउँसो नै प्रहरीले उनीहरूलाई घेराउ गरेर राखेको थियो।

प्रतिक्रिया दिनुहोस्