Logo
Logo

मलेसियाको अध्यागमनमा पक्राउ परे तीन कलाकारसहित ३२ नेपाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २७ जेठ ।

सांगीतिक कार्यक्रमका लागि भनी आएका तीन कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन्।

उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप रहेको आजको कान्तिपुर दैनिकामा समाचार छापिएको छ।

कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयास्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्