Logo
Logo

सगरमाथाको चुचुरोमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ‘जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मासाथ गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोप्सङ रेमिटयान्सका संस्थापक, हटिया-०३, संखुवासभा निवासी २६ वर्षीय जेनजेन लामाले गत जेठ २, २०७६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्वसामु चिनाएका छन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोहबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई अनि आगामी दिनहरुका लागि शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्