Logo
Logo

जागरणबाट ब्युँझियो त कांग्रेस ?


माथवरसिंह बस्नेत


माथवरसिंह बस्नेत

राष्ट्रिय जागरण कार्यक्रमको पहिलो चरण सकिएको घोषणा गरेर कांग्रेस फेरि अर्को कोल्टे फर्केर सुत्यो । कोल्टे फर्केर सुत्यो किन भनिएको हो भने जनगरण अभियानभरि केही जागेको जस्तो र केही हदसम्म निद्राबाट पूरै ब्युँझिनसकेको अर्थात् निद्रा र तन्द्राको अवस्थामा थियो, कांग्रेस । त्यसैले राष्ट्रिय जागरण किन ? कसका लागि ? के उपलब्ध गर्न ? त्यसको परिभाषासम्म नलगाई पहिलो चरण सकियो । त्यसको लक्ष के थियो भन्ने प्रष्ट भएको हुन्थ्यो भने पहिलो चरणमा कति उपलब्धी हासिल भयो, त्यसको लेखाजोखा हुन्थ्यो । ती सबै कसैले बुझेका पनि थिएनन् । बुझ्ने प्रयास पनि कसैले गरेनन् । नेताहरुले पार्टीभित्रको चरम गुटबन्दी तथा एक आपसको हिलो छ्यापाछ्यापको अन्त्यहीन शृंखलालाई तार्किक निष्कर्षमा पु¥याउने आँग र हिम्मत गर्नै सकेनन्, किनभने थोरैमा चित्त बुझाउने अवस्थामा उनीहरु छैनन् । त्यही कारण उनीहरुका बीचको अन्तरद्वन्द्वबाट निस्केका फोहोर नेता निवासमा संग्रहित जो थिए, तिनलाई पन्छाएर सफा सुग्घर गर्न कार्यकर्ताहरुको ध्यान अन्यत्र मोड्न आवश्यक मात्र होइन, अपरिहार्य भइसकेको थियो । ठीक त्यस बेला कसैले उनीहरुलाई नेपाली उखानको स्मरण गराई दिए– रोइ रहनुभन्दा गाइ रहनु निको ! उनीहरु पनि बहाना खोजिरहेका थिए, त्यो सुझाव, के खोज्छस् काना, आँखा भनेजस्तो भइहाल्यो ।

 

वास्तवमा ती सबै अन्योलको कारण अरु कोही होइन, कांग्रेस नै हो । त्यसैले त भन्ने गरिन्छ, कांग्रेसको समस्या, स्वयम् कांग्रेस हो । कांग्रेस अहिले पनि हाउस डिभाइडेड छ, एकमना छैन । चुनावमा जाँदा विभाजित कम्युनिष्टहरु एक भएर चुनाव लड्ने, कांग्रेस एउटै पार्टी भए पनि दसतिर फर्किने । विधि र प्रक्रिया मिच्ने मामलामा पनि कांग्रेस सबैभन्दा अगाडि छ ।

अनि कसैले चामल ल्याए, कसैले दाल, घिउ, अदुवा, लहसुन, नून र बेसार दिए, ठूलो राइसकुकरमा सबैथोक हालेर राष्ट्रिय जागरणको खिचडी तयार पारे । त्यसमा कुन तत्व कति मात्रमा हाल्नुपर्छ र कति बेर पकाएपछि स्वादिष्ट खिचडी तयार हुन्छ भन्ने पारख भएका कोही थिएनन्, त्यसैले पनि खिचडी खानलायक बनेन । स्वादिलो पक्वान तयार पार्ने चासो कसैलाई थिएन । चाटुकार सबैले भने– आहा, क्या गजवको खिचडी बनेछ ! केन्द्रमा नेताहरु झगडा मात्र गर्ने, जिल्ला र गाउँका कार्यकर्ताका लागि नयाँ उर्जा प्रदान गर्ने नीति र कार्यक्रम नदिने भनेर दोष जति नेताहरुतिरै फर्काएर मस्तले सुतिरहेका कार्यकर्तालाई जागरणको झटारो फालिदिए– आए आँप, गए झटारो भनेर । त्यो भनेको के हो ? उनीहरुमध्ये कसैले सोधेनन् । उल्टो, सबैले तारीफको पुल बाँध्न थाले । कांग्रेस जनताका घरदैलोमा पुग्यो । जनता र कांग्रेसका बीचमा टुटेको संवाद फेरि कायम भयो । त्यो यसकारण संभव भयो कि कांग्रेसले उसले जनतालाई जागरुक तुल्यायो । जनताले ठान्यो, कांग्रेस अझै जागेको छैन । उसले जनताका समस्याप्रति सरकारलाई घेर्ने, कदम चाल्न वाध्य तुल्याउने, सुशासन कायम गराउनेजसता कुनै कार्यक्रम सार्वजनिक गरेको छैन । अनि कसरी प्रष्ट होस्, जगाउन खोजेको कसलाई हो ?

पार्टीको सिद्धान्त राम्रो र इतिहास जतिसुकै गौरवमय किन नहोस् जनतालाई सुन्दर भविष्यप्रति आश्वस्त तुल्याउन नसकेसम्म लोकप्रिय तुल्याउन पनि सकिन्न । त्यस्तो चेतना हरेक र प्रत्येक कार्यकर्तामा पु¥याउन सबैभन्दा पहिले उनीहरुमा जागरण ल्याउन आवश्यक छ । त्यसको पुनस्र्थापना भयो भने मात्र कार्यकर्तामा स्वाभिमान जाग्नसक्छ र उनीहरु कुन ठीक कुन बेठीक छुट्याउन सक्ने हुन्छन् । राजनीतिको अन्तर्य भनेकै सत्ताको साझेदारी हो, चाहे त्यो राज्यको होस्, अथवा पार्टीको, जबसम्म त्यस्तो साझेदारीमा इमान्दारी हुँदैन, तबसम्म मेल र एकताको भाषणको पनि कुनै अर्थ हुँदैन । त्यस्तो जागरण कांग्रेस नेतृत्व वर्गमा आएको परिचय त्यस दिन मिल्ने छ, जुन दिन सबैको भूमिका र अस्तित्वको सुनिश्चितता हुनेछ । अनि मात्र राष्ट्रिय जागरणको नाराले पनि सार्थकता पाउनेछ । पहिलो चरणको जागरणको पाठ यही हो ।

वास्तवमा ती सबै अन्योलको कारण अरु कोही होइन, कांग्रेस नै हो । त्यसैले त भन्ने गरिन्छ, कांग्रेसको समस्या, स्वयम् कांग्रेस हो । कांग्रेस अहिले पनि हाउस डिभाइडेड छ, एकमना छैन । चुनावमा जाँदा विभाजित कम्युनिष्टहरु एक भएर चुनाव लड्ने, कांग्रेस एउटै पार्टी भए पनि दसतिर फर्किने । विधि र प्रक्रिया मिच्ने मामलामा पनि कांग्रेस सबैभन्दा अगाडि छ । कांग्रेसभित्र आफ्नो आदर्श र सिद्धान्तका मूल्यमा तत्कालीन फायदाका लागि जोसंग पनि सम्झौता गर्ने प्रवृत्ति बढ्दै गएपछि अनुशासनहीनताले पनि फड्को मार्न थालेको हो । केन्द्रीय समितिले आफूले गरेको निर्णय आफैं तोड्ने, टिकट दिनका लागि तोकेको मापदण्ड नेताहरु आफैंले उल्लंघन गर्दा पनि कोही जवाफदेही हुनु नपर्ने, चुनाव सम्पन्न भएको डेढ वर्ष वितिसक्दा पनि किन हार भयो, त्यसको समीक्षा र मूल्यांकनसम्म नगर्ने त्यसभित्र अस्तव्यस्तता छाएको हो । यति भनिसकेपछि राष्ट्रिय जागरणको पनि मूल्यांकन हुने अपेक्षा राख्नु भनेको आफैंलाई ढाट्नु हो भन्ने दोहो¥याइरहनै परेन । शायद कांग्रेसमा विधिको पालना र मूल्यांकन परम्पराको जम्का भेट हुने गरेकै छैन । त्यसैले नेताहरु आफैं जवाफदेही हुनुपर्ने विषय नउठाउने र कार्यकर्ताहरु पनि त्यस्तो माग गरेर नेताहरुलाई नचिढाउने समझदारीमा दृढ छन् । त्यत्ति मात्र होइन, कांग्रेसका कार्यकर्तामा संघर्ष र आन्दोलनबाट हामी जित्नसक्छौं भन्ने विश्वास नै मरिसकेको छ । त्यसैले उनीहरु नेतामुखि मात्र हुन पुगेका छैनन्, मनी, मसल र मोजमज्जामा लाग्ने प्रवृत्तिले पनि सरोवर छन् । त्यसैले त संघर्षका कुरा उठ्यो कि त्यसबाट भाग्ने र छल्ने प्रवृत्ति बढ्दो छ ।

हिजो निर्दलीय पंचायतको विरोधमा होस् अथवा माओवादीको हत्या, हिंसा र आतंकका बेला किन नहोस् तानाशाही शक्तिका विरुद्ध ज्यान हत्केलामा राखेर लड्ने कांग्रेस १२ बुँदे दिल्ली सम्झौतापछि राष्ट्रिय राजनीतिको अन्तर्राष्ट्रियकरण भएको र तिनैका एजेण्डा बोक्नेहरु पार्टीमा हालिमुहाली चलाउने स्थान र स्थितिमा पुगेको देखेकाले निष्ठावान् कांग्रेसहरु पार्टीबाट आदर्श, सिद्धान्त र चरित्र हराउन पुगेको निष्कर्ष निकालेर पाखा लागेर बस्न वाध्य भएका छन् । त्यही सम्झौताले नेपालको राजनीतिबाट राजतन्त्रको अन्त्य गरेर श्री ५ को भूमिका निशेध गरेपछि अर्को पाँच तत्व निर्णायक भूमिकामा स्थापित भएका छन् । ती हुन्– मनी, मसल, मोर्गेज, मुभमेन्ट र म्यान्डेट । आदर्श र सिद्धान्तले राजनीतिलाई मार्गदर्शन गर्न छाडेपछि हुने भनेकै त्यही हो । त्यही नेपालको आधुनिक राजनीतिको पहिचान हो । हिजोआज मनी र मसललाई आदर्श र सिद्धान्तभन्दा ठूलो शक्ति मान्न थालेकाले राजनीति परिवर्तको शक्ति नभएर कमाउने “धन्दा” बन्नपुगेको हो । त्यही कारण सबै दलका नेतृत्व पनि गुण्डा, दादा ठेकेदारक र जग्गा दलालका नियन्त्रणमा पुगेका छन् भन्ने आरोपको खण्डन कतैबाट हुने गरेको छैन । नेताहरु उनीहरुका कठपुतली बन्नपुगेकाले पार्टीबाट विचार तत्व हराएजस्तै नेताहरुबाट नैतिकता र चरित्र पनि अलप हुन पुगेको हो । त्यस्तो दुस्चक्रमा फँसेको नेतृत्वलाई त्यहाँबाट निकालेर पार्टीका निष्ठावान् कार्यकर्ताका बीचमा ल्याउन नसकेसम्म राजनीति सुध्रने कल्पना गर्न सकिन्नँ । पार्टीको सिद्धान्त राम्रो र इतिहास जतिसुकै गौरवमय किन नहोस् जनतालाई सुन्दर भविष्यप्रति आश्वस्त तुल्याउन नसकेसम्म लोकप्रिय तुल्याउन पनि सकिन्न । त्यस्तो चेतना हरेक र प्रत्येक कार्यकर्तामा पु¥याउन सबैभन्दा पहिले उनीहरुमा जागरण ल्याउन आवश्यक छ । त्यसको पुनस्र्थापना भयो भने मात्र कार्यकर्तामा स्वाभिमान जाग्नसक्छ र उनीहरु कुन ठीक कुन बेठीक छुट्याउन सक्ने हुन्छन् । अहिले त उनीहरु आफैं कुरै नबुझि लहैलहैका पछाडि दगुर्ने भीडका अंग मात्र छन् । त्यस्ता कार्यकर्ताहरुको जमातबाट अरु जे भए पनि मुलुकमा परिवर्तन ल्याउने महान काम सम्पन्न हुन सक्तैन ।

विडम्वना पनि यस्तो छ कि त्यही काम कांग्रेसले नै नगरि पनि भएको छैन, किनभने उसबाट बाहेक अरु कसैबाट त्यो काम हुनै सक्तैन । उदार प्रजातन्त्रका विश्वव्यापी मूल्य र मान्यतालाई नेपाल र नेपालीमा विस्तार गर्ने जुन काम उसले विगतमा ग¥यो, आगतमा पनि त्यसलाई जोगाउने र स्थिरता प्रदान गर्ने काम उसैले गर्नुपर्ने छ, अरु कसैबाट संभव छैन । गर्छु भन्ने कोही निक्ले पनि त्यसले विश्वसनीयता प्राप्त गर्न सक्तैन । त्यसको कपी राइट उसलाई किन प्राप्त छ भने त्यसका निम्ति उसले ठूलो मूल्य चुकाएको छ । वर्तमान विश्व, उदार प्रजातन्त्र र बजारमुखि अर्थ व्यवस्थाको हो । तिनको भविष्य, सम्पूर्ण विश्वमा यदि सुरक्षित छ भने नेपालमा पनि नेपाली कांग्रेसको सुन्दर र उज्यालो भविष्य सुरक्षित छ । त्यो महान सत्यलाई आत्मसात गरेर कांग्रेसको नेतृत्व वर्ग, आन्तरिक बिबाद र मतभेदलाई लेनदेन र भागवण्डाका माध्यमबाट अन्त्य गर्ने र आफ्नो घर बलियो तुल्याउनेतिर लागे भने साँच्चै जागरण आएको स्वतः देखिने छ । राजनीतिको अन्तर्य भनेकै सत्ताको साझेदारी हो, चाहे त्यो राज्यको होस्, अथवा पार्टीको, जबसम्म त्यस्तो साझेदारीमा इमान्दारी हुँदैन, तबसम्म मेल र एकताको भाषणको पनि कुनै अर्थ हुँदैन । त्यस्तो जागरण कांग्रेस नेतृत्व वर्गमा आएको परिचय त्यस दिन मिल्ने छ, जुन दिन सबैको भूमिका र अस्तित्वको सुनिश्चितता हुनेछ । अनि मात्र राष्ट्रिय जागरणको नाराले पनि सार्थकता पाउनेछ । पहिलो चरणको जागरणको पाठ यही हो ।

प्रतिक्रिया दिनुहोस्