Logo
Logo

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उपसचिव पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २९ जेठ ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले आफ्नै १८ वर्षीया छारीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् ।

जबरजस्ती करणी उद्योगमा उनलाई पहिलोपटक पाँच दिन थुनेर अनुसन्धान गर्न प्रहरीलाई मंगलबार अदालतले अनुमति दिएको हो।

४५ वर्षीय ती उपसचिवलाई महानगरीय प्रहरी परिसर ललितपुरले सोमबार साँझ नियन्त्रणमा लिएको थियो। परिसरका अनुसार पछिल्लो पटक गत जेठ १९ गते उनले १८ वर्षीया छोरीलाई जबरजस्ती करणी प्रयास गरेका थिए।

आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्