Logo
Logo

ग्लोबलआइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच संस्थागत अभिकर्तासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरुमार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ ।

बैंकले १३७ शाखा, २६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १४६ शाखारहित बैंकिङ सेवार नेपालबाहिर ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि–सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्