Logo
Logo

प्रधानसेनापति असारको पहिलो साता चीन जाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्ने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन् ।

असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्