Logo

त्रिवि सेवा आयोगको परीक्षाः केर्दै, अंक थप्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३० जेठ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरुले अस्वाभाविक चलखेल गरेका हुन् ।

सेवा आयोगका पदाधिकारीहरुले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारी संलग्न गराएनन् ।

त्रिवि सेवा आयोगमा लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ । उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट गरिएका छन् । आजको समाचार आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्