Logo
Logo

आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन, आफ्ना थन्क्याएर निजी एयरलाइन्स पोस्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३० जेठ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन वर्तमान नेतृत्व नै लागेको खुलेको छ।

आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन्। दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन्। आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक तालिमबाट वञ्चित गरी नियतवश उडानका लागि अयोग्य बनाइएको छ ।

जहाज उडाउन पाइलट नभएकाले आन्तरिक उडान रोकिएको दाबी व्यवस्थापनले गरेको छ। तर, यिनै जहाज उडाउने जिम्मेवारी दिइएका पाइलटलाई भने आवश्यक तालिम र प्राविधिक परीक्षणबाट वञ्चित गरिएकाले अधिकांश पाइलट उडानका लागि अयोग्य छन्। आन्तरिक उडान प्रभावित हुने गरी केही पाइलटलाई अन्तर्राष्ट्रिय उडानतर्फ पठाइएको छ। त्यसले अन्तर्राष्ट्रियतर्फ ‘ओभर स्टाफिङ’ भएको छ। आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

आन्तरिक उडानका सातवटा जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक २१ लाख र मासिक ६ करोड ३० लाख घाटा भइरहेको छ। एउटा जहाजबाट दैनिक औसत तीन लाख घाटा हुने गरेको निगमले जनाएको छ।जहाज सञ्चालन हुँदा यात्रु बोकेबापत प्राप्त हुने रकमलाई नोक्सानीमा राखिन्छ। त्यस्तै, जहाज ग्राउन्डेड भए पनि बिमा, ग्राउन्ड पार्किङ शुल्क, क्रु मेम्बरलाई दिने तलबभत्तालगायत खर्च नियमित भइरहन्छ। यो रकम पनि निगमको घाटामै जोडिन्छ।

 

प्रतिक्रिया दिनुहोस्